५ आश्विन २०८३, सोमबार

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, ८६ हजार ३२० जनाले पाए १० कित्ता



काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ८ लाख ६३ हजार २०० कित्ता सेयर ८६ हजार ३२० जना आवेदकलाई वितरण गरिएको हो।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी पाएको एनएमबी क्यापिटलका अनुसार कम्पनीको सेयर खरिदका लागि २३ लाख ५ हजार २३३ वटा आवेदन परेको थियो। ती आवेदनमार्फत कुल २ करोड ५६ लाख ३१ हजार ४४० कित्ता सेयर माग गरिएको थियो।

प्राप्त आवेदनमध्ये ५६ लाख ९४ हजार ७० कित्ता बराबरका आवेदन अयोग्य ठहरिएका छन्। योग्य आवेदकको संख्या भने २३ लाख ५ हजार २३३ रहेको क्यापिटलले जनाएको छ।

आईपीओमा माग गरिएको सेयरभन्दा धेरै आवेदन परेपछि बाँडफाँड गोलाप्रथाबाट गरिएको हो। सो प्रक्रियाबाट छनोट भएका ८६ हजार ३२० जना लगानीकर्ताले समान रूपमा १० कित्ता सेयर प्राप्त गरेका छन्।