५ आश्विन २०८३, सोमबार

चावहिल-बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा देशभर चारवटा ‘३एस’ शोरूम विस्तार 



काठमाडौं। विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै चावहिल – बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यस नयाँ शोरुमको स्थापनासँगै चावहिल, बौद्ध र आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीहरूका लागि ट्रायम्फको अनुभव लिन अझ सहज भएको छ ।

चावहिल-बौद्ध सडकमा रहेको यो नयाँ शोरुम उपत्यकाको सबैभन्दा व्यस्त र पहुँचयोग्य स्थानमा स्थापित गरिएको छ, जसले ग्राहकहरूलाई ट्रायम्फको बाइक खरिद र सेवासम्बन्धी सम्पूर्ण सुविधा एकै ठाउँबाट दिनेछ ।

ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन पाल गियर्सले सञ्चालनमा ल्याएको यो नयाँ सोरुम पूर्ण ‘३एस’ सुविधासम्पन्न छ । अर्थात् यहाँ सेल्स, सर्भिस र स्पेयर पाट्स सबै सेवा एउटै छानामुनि उपलब्ध हुनेछन् । अब ग्राहकहरूले यहाँ ट्रायम्फका मोटरसाइकल हेर्नुका साथै दक्ष प्राविधिकहरूबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्टस् सजिलै पाउनेछन्। 

काठमाडौँ उपत्यकाभित्रका ग्राहकका लागि यो नयाँशोरुमले थप सहजता थपेको छ, जसले गर्दा बिक्रीपछिको सेवा (आफ्टर-सेल्स) र मर्मतका लागि टाढा गइरहनुपर्ने बाध्यता हट्नेछ।

चावहिल-बौद्ध शोरुमको सुरुवात उपत्यकाका लागि मात्र होइन, समग्र ट्रायम्फ नेपालकै लागि एउटा ठूलो उपलब्धि बनेको छ ।

यो नयाँ सोरुम सञ्चालनमा आएसँगै ट्रायम्फ नेपालले एकै हप्ताभित्र देशभर चारवटा नयाँ ‘३एस’ शोरुम खोलेर नयाँ रेकर्ड बनाएको छ। कम्पनीले एकै हप्तामा ट्रायम्फ धनगढी, ट्रायम्फ दाङ, ट्रायम्फ हेटौंडा र ट्रायम्फ चावहिल – बौद्ध गरी चार ठाउँमा नयाँ शोरुम विस्तार गरेको हो ।

नेपालको मिड- प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा चारवटा पूर्ण सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याउनुलाई ट्रायम्फ नेपालले आफ्नो इतिहासकै सबैभन्दा ठूलो विस्तार र पहिलो अभ्यास भनेको छ।

सुदूरपश्चिमदेखि मध्य नेपाल र काठमाडौँ उपत्यकासम्मको यो विस्तारले ट्रायम्फको पहुँचलाई झनै फराकिलो बनाएको छ। यसले मिड- प्रिमियम बाइक सेग्मेन्टमा ट्रायम्फलाई नेपालकै छिटो विस्तार भइरहेको नेटवर्कका रूपमा स्थापित गरेको छ ।

महत्त्वपूर्ण कुरा के छ भने, यो विस्तार केवल नयाँ सोरुम खोल्नेमा मात्र सीमित छैन । चारै वटा नयाँ शोरुमहरूलाई ‘३एस’ सुविधासहित तयार पारिएको छ, जसले गर्दा बिक्रीसँगै आधिकारिक मर्मत र ओरिजिनल स्पेयर पाट्सको पहुँचलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

यस ऐतिहासिक उपलब्धिका बारेमा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने: “काठमाडौं उपत्यकाका राइडरहरूका लागि ट्रायम्फ चाबहिल- बौद्धको उद्घाटन महत्वपूर्ण थप हो । साथै, यो ट्रायम्फ नेपालका लागि अझ ठूलो उपलब्धि पनि हो। केवल एक हप्ताभित्र हाम्रो नेटवर्कमा चारवटा पूर्ण ‘३एस’ शोरूम थपिनु देशभर ट्रायम्फ समुदाय तीव्र गतिमा बढिरहेको संकेत हो । हाम्रो मुख्य लक्ष्य जहाँ विस्तार भए पनि राइडरहरूले एउटै छानामुनि मोटरसाइकल मात्र होइन, व्यावसायिक सेवा र वास्तविक स्पेयर पार्ट्स सजिलै पाउन सकून् भन्ने हो । ”

यसरी नयाँ खोलिएका चारै वटा शोरुमले ट्रायम्फको नेटवर्कलाई फरक-फरक क्षेत्रमा मजबुत बनाएका छन् । ट्रायम्फ धनगढीले सुदूरपश्चिम, ट्रायम्फ दाङले लुम्बिनी प्रदेश, ट्रायम्फ हेटौंडाले मुख्य राजमार्ग क्षेत्र र ट्रायम्फ चावहिल-बौद्धले काठमाडौं उपत्यकामा सेवा विस्तार गरेका हुन् ।
यस विस्तारले ट्रायम्फको बाइकिङ समुदायलाई पनि अझ नजिक ल्याएको छ, जसले पुराना तथा मोटरसाइकलप्रेमीहरूलाई ब्रान्डसँग जोडिने थप अवसर दिएको छ ।

काठमाडौँको नयाँ शोरुमका बारेमा बोल्दै जेन्स पाल गियर्स (ट्रायम्फ चावहिल – बौद्ध) का रोहन शाहीले भनेः “चावहिल- बौद्ध शोरुमले उपत्यकाको यस क्षेत्रका राइडरहरूलाई ट्रायम्फको सेवा लिन अझ सजिलो बनाएको छ । आधिकारिक डिलर पार्टनरका रूपमा हाम्रो लक्ष्य भनेको सेल्स, सर्भिस र ओरिजिनल स्पेयर पार्टसमा भरपर्दो सेवा दिनु हो। साथै राइडरहरू र मोटरसाइकलप्रेमीहरू आपसमा भेटघाट गर्ने र जोडिने एउटा राम्रो थलो बनाउनु’ पनि हाम्रो उद्देश्य हो ।”

एकै हप्तामा चारवटा नयाँ ३एस शोरुमहरू थपेर ट्रायम्फ नेपालले आफ्नो व्यावसायिक यात्रामा नयाँ अध्यायको सुरुवात गरेको छ । यसले कम्पनीको भौतिक उपस्थितिलाई मात्र होइन, ग्राहकलाई दीर्घकालीन सेवा दिने बलियो आधारलाई पनि अझ फैलाएको छ ।