एक्सट्रीम इनर्जी ड्रिंक प्रायोजित पीएमजीओ २०२६ सम्पन्न, पाकिस्तान च्याम्पियन बन्दा नेपाली टोली उपविजेता
काठमाडौं । नेपालमा सम्पन्न पीएमजीओ २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्टले जितेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोर थ्राइभ्स ईस्पोर्टले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो ।
काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट पब्जी मोबाइल ईस्पोर्ट टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । रोमाञ्चक प्रतिस्पर्धाबीच फोर थ्राइभ्स ईस्पोर्टले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा नेपालको टी २ के ईस्पोर्ट टोलीले दोस्रो स्थान हासिल गर्दा हाेरा ईस्पोर्टले तेस्रो स्थान प्राप्त गरेको छ ।
नेपालमा ई-स्पोर्ट्सको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो । युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिएको एक्सट्रीमले नेपालमा ई – स्पोर्ट्सका लागि थप ऊर्जा प्रदान गर्दै नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न निरन्तर साथ दिँदै आएको छ ।
पीएमजीओ २०२६ २०२६ सिजन २ दक्षिण एशिया फाइनलजस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताले नेपाली ई-स्पोर्ट्स खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिन तथा आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । एक्सट्रीम इनर्जी ड्रिंकले ई- स्पोर्ट्सलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई युवा प्रतिभा, सीप र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्दै आएको छ ।
नेपाली ई-स्पोर्ट्स समुदाय र युवा खेलाडीहरूको यात्रामा साथ दिने उद्देश्यसहित एक्सट्रीमले आगामी दिनमा पनि ई-स्पोर्ट्स संस्कृति, युवा प्रतिभा र प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।














