६ आश्विन २०८३, मंगलबार

पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल  



काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले रु.१००/- अंकित दरका १५,००,००० कित्ताले हुन आउने १५ करोड रकम बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो । 

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरे । 

पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । यस कम्पनीले सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा सहित विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार, पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा रणनीतिक रूपमा केन्द्रित भई आफ्नो लगानी गर्दै आई रहेको छ ।