६ आश्विन २०८३, मंगलबार

बाढीका कारण क्षतिग्रस्त आइसीएफसी फाइनान्सको त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण



काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी सोमबार देखि पुन: सञ्चालनमा ल्याएको छ। उक्त बाढीका कारण बिदुर नगरपालिका – १, त्रिशूली स्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको थियो।

फाइनान्सले उक्त स्थानमा शाखा पुन:स्थापना तथा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले शाखालाई बिदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गरी बट्टार शाखा सञ्चालनमा ल्याएको हो। उक्त मिति देखि त्रिशुली शाखाका ग्राहकहरूले बिदुर नगरपालिका–४, बट्टार स्थित नयाँ शाखाबाट नियमित रूपमा सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन।

ग्राहकहरूलाई नयाँ स्थानबाट बैंकिङ सेवा लिन तथा आवश्यक जानकारीका लागि शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।सम्पर्कका लागि ०१०५६१८२७ र ९८४१०८७०३८ मा कल गर्न सकिने जनाइएको छ।