सेयर बजारमा पहिरो: २५३ कम्पनीको मूल्य घट्दा १३ वटै उपसूचक राताम्य
काठमाडाैं । बुधबार सेयर बजारमा भारी गिरावट आएकाे छ। आज सेयर बजार मापक नेप्से ३६.२५ अंकले घटेर २६ सय १८ दशमलव ०३ बिन्दुमा राेकिएकाे छ।
नेप्सेसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज आज ३५२ कम्पनीकाे २ कराेड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ कराेड ६६ लाख ११ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३५६ कम्पनीकाे २ कराेड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ कराेड ३ लाख ९८ हजार रूपैयाँमा काराेबार भएकाे थियाे।
यसदिन १३ वटै उपसूचक राताम्य बनेका छन्। आजकाे काराेबारमा जीवन बीमा सर्वाधीक २.०४, हाइड्राेपावर १.६६, अन्य १.६५, लगानी १.४९, विकास बैंक १.३६, निर्जीवन बीमा १.३२, माइक्राेफाइनान्स १.३१, व्यापार १.२६, वाणिज्य बैंक १.२२ र फाइनान्स समुहकाे उपसूचक १.०९ प्रतिशत घटेकाे छ।
आज २५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २३ वटाको मात्रै बढेको छ। यस्तै २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिनकाे काराेबारमा धाैलागिरी लघुवित्तकाे सेयर मूल्य १५ प्रतिशत बढेकाे छ।

















