८ आश्विन २०८३, बिहिबार

नेप्सेमा दोहोरो अंकको सुधार: ११.७७ अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमाबाहेक सबै समूह हरियाली



काठमाडौं। बिहिबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ११.७७ अंकले बढेर २६ सय २९ दशमलव ८१ बिन्दुमा पुगेर रोकिएको छ।

आज नर्जीवन बीमा बाहेक सबै समुहका उपसुचक हरियो देखिएका छन् । उत्पादन तथा प्रशोधन समुह भने यसदिन सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।

नेप्से बढे पनि यसदिन कारोबार भने घटेको छ। आज आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रूपैयाँमा कारोबार भएको छ।

हिजो ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो ।

आज १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिनको कारोबारमा नेपाल ल्युब आयल लिमिटेडको सेयर मूल्य १२.४७ प्रतिशत बढेको छ।

यत मिडशोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ र धौलागिरी लघुवित्तको सेयर मूल्य १०.१९ प्रतिशतले घटेको छ।