एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ५१ प्रतिशतले बृद्धि, अन्य सूचक यस्ता छन् - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ५१ प्रतिशतले बृद्धि, अन्य सूचक यस्ता छन्



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.०८ प्रतिशतले बढि हो । गत आर्थिक वर्ष यस अवधिमा २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

त्यस्तै यस अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ । गत आवमा ११ करोड ९२ लाख रुपैयाँ खुद बीमाशूल्क आजर्न गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ९६ लाख, लगानी कर्जा तथा अन्यबाट ८५ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा २५ हजार ८७१ वटा बीमालेख जारी गरी २६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । साथै, ७६९ वटा दाबी बापत २७ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ । त्यस्तै, ४ हजार ३१५ वटा दाबी बापत १ अर्ब ४ करोड २८ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात ४७ गुणा छ ।


प्रतिक्रिया दिनुहोस्