एनपीएल सिजन ३ का लागि गल्फ र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गरेको छ ।
यस साझेदारीअन्तर्गत गल्फ लुब्रिकेन्ट, जनकपुर बोल्ट्सको अफिसियल लुब्रिकेन्ट पार्टनरको रूपमा निरन्तर रहनेछ ।
आज झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो । सोही अवसरमा दुवै पक्षले जनकपुर बोल्ट्सको रङमा तयार पारिएको गल्फ प्राइड ४ टी प्लस २० डब्लु-५० को सीमित स्पेसल एडिसन प्याक पनि सार्वजनिक गरेका छन्।
विगतका सिजनहरूको सहकार्यलाई आधार बनाउँदै सिजन ३ को साझेदारीले परम्परागत प्रायोजन र ब्रान्ड भिजिबिलिटीमा मात्र सीमित नरही क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारहरूसँग अझ प्रत्यक्ष र प्रभावकारी सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । जनकपुर बोल्ट्सको ऊर्जा र गल्फ लुब्रिकेन्ट्सको पर्फर्मेन्स–ड्रिभन पहिचानलाई एकसाथ जोड्दै यो अभियान ‘गल्फ पावर्ड बोल्ट्स’ थिमअन्तर्गत सञ्चालन हुनेछ ।
नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले भने “जनकपुर बोल्ट्ससँगको हाम्रो सम्बन्ध कहिल्यै ब्रान्ड देखाउनका लागि मात्र थिएन – यो त एउटा टिमसँगै, मधेशको माटोसँगै जित र हार दुवैमा उभिने नाता हो। यस सिजन ‘गल्फ पावर्ड बोल्ट्स’ मार्फत हामी यो नातालाई अझ गहिरो बनाउँदैछौं – हाम्रो उत्पादन सीधै ती क्रिकेटप्रेमी, खुद्रा विक्रेता र मेकानिकहरूको हातसम्म पुयाउँदै, जसले बोल्ट्सलाई सधैं उत्तिकै विश्वासका साथ हेर्छन्। असली क्षमता त्यही बेला देखिन्छ जब समय सबैभन्दा गाह्रो हुन्छ, र त्यही भावना हामीले यो टिममा र मधेशमा पाइरहेका छौं। सिजन ३ का लागि यो नाता नवीकरण गर्न पाउँदा हामी गर्वित छौं, र यसलाई अझ अगाडि लैजाँदा झन् उत्साहित छौं।”
यस्तै जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भनेः “गल्फ हाम्रो यात्राको हरेक अध्यायमा हामीसँगै रहेको छ । एनपीएल ट्रफी उचालेको गौरवपूर्ण क्षणदेखि अंक तालिकाको पुछारमा रहेर सबैभन्दा कठिन समय सामना गरेको अवस्थासम्म। नतिजा जस्तोसुकै भए पनि बोल्ट्सप्रति उहाँहरूको निरन्तर विश्वास हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ। यो केवल प्रायोजन होइन; यो विश्वास, सम्मान र हाम्रो मधेश समुदायको मायामा बनेको सम्बन्ध हो । हामीसँग निरन्तर उभिनुभएकोमा नेपाल ल्युब आयल र गल्फप्रति हामी हृदयदेखि नै आभारी छौं। यो सम्बन्धलाई आगामी सिजनमा अझ मजबुत बनाउँदै अघि बढ्न हामी उत्साहित छौँ।”
सीमित संख्यामा उपलब्ध हुने गल्फ प्राइड ४ टी प्लस २० डब्लु-५० को यो स्पेसल एडिसन प्याक विशेष रूपमा जनकपुर बोल्ट्सको पहिचान र रङलाई आधार बनाएर तयार पारिएको हो । यो प्याक २०८३ असोज १५ देखि मंसिर १४ सम्म बजारमा उपलब्ध हुनेछ ।
स्पेसल एडिसनका बारेमा नेपाल ल्युब आयल लिमिटेडका डीजीएम–सेल्स एन्ड मार्केटिङ दिवाकर मिश्रले भने, “स्पेसल एडिसनमार्फत हामी आफ्नो साझेदारीलाई भिजिबिलिटीमा मात्र सीमित नराखी बजारसँग अझ नजिकको सम्बन्ध स्थापित गर्न चाहन्छौं। गल्फको प्रडक्ट स्ट्रेन्थ र जनकपुर बोल्ट्सप्रतिको प्यासनलाई जोड्दै यसले एनपीएल अवधिभर उपभोक्ता र खुद्रा विक्रेता दुवैका लागि फरक र आकर्षक अनुभव सिर्जना गर्नेछ।”
यस स्पेसल एडिसन बजार अभियानअन्तर्गत अभियान अवधिभर स्पेसल एडिसन प्याकको सबैभन्दा बढी बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न गल्फले रिटेलर लिडरबोर्ड कार्यक्रम पनि सञ्चालन गर्नेछ।
सिजन ३ को साझेदारीलाई डिजिटल प्लेटफर्म, म्याच–डे गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्ता तथा बजारकेन्द्रित कार्यक्रमहरूद्वारा थप सशक्त बनाइनेछ । यी कार्यक्रममार्फत दुवै ब्रान्डले क्रिकेटप्रेमी तथा बजारसँग अझ अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेका छन्।















