मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो ११ प्रतिशत लाभांश, नगद कति ?
काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।














