तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएकाे अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तान्ने भएको छ।
निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले आज असोज १२ गते फेरि एक महिनाका लागि निक्षेप तान्न लागेकाे हाे ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यो ३० दिने निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आउँदो कात्तिक ११ गते गरिनेछ ।














