बुधबार सुनकाे मूल्य प्रतितोला २ हजार ८०० रूपैयाँले बढ्यो, चाँदीकाे कति ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। हिजो तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ। हिजो प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको आज तोलाको ४ हजार ४ सय २५ रुपैयाँ तोकिएको छ।















