अनुपम फुडल्याण्डका सञ्चालक पक्राउ
काठमाडौँ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो। नियन्त्रणमा लिएपश्चात् उनलाई थप अनुसन्धानका लागि गौशालास्थित प्रहरी वृत्तको हिरासतमा पठाइएको छ। पौडेललाई कुन विषयलाई लिएर नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा खुलाएको छैन।
तर, उनीमाथि अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।















