१५ आश्विन २०८३, बिहिबार

नेप्से परिसूचक २५९९ विन्दुमा स्थिर, ४ अर्ब ८९ करोडकाे काराेबार



काठमाडाैं । लगातार चाैथाे दिन पनि सेयर बजारमा सुधार आउन सकेकाे छैन । आज हरपयाे देखिएकाे सेयर बजार मापक नेप्से परिसूचक ०.२६ अंकले बढेर २५ सय ९९ दशमलव १५ बिन्दुमा राेकिएकाे छ।

यसदिन काराेबारमा पनि झिनाे सुधार देखिएकाे छ। आज ३३५३ कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजाे ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँमा कारोबार भएको थियाे।

आज १३९ वटा कम्पनीको शेयर बढेकोमा १२८ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । यसदिन सिन्धु विकास बैंककाे सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेकाे छ भने सयपत्री हाइड्राेपावर ९.६६ प्रतिशत घटेकाे छ।

आज बैंकिङ, विकास बैंक, फाइान्स, जलविद्युत समुहका उपसूचक बढेका छन् भने लगानी समुहकाे उपसूचक स्थिर देखिएकाे छ। बाँकी सबै उपसूचक घटेका छन् । यसदिन सर्वाधिक व्यापार समुह १.०५ प्रतिशत घटेकाे छ।