१६ आश्विन २०८३, शुक्रबार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई ‘रुस्काज् ब्युटी स्टुडियो’मा विशेष छुट



काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँको कमलादीस्थित ‘स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर’ रुस्काज् ब्युटी स्टुडियोमा सौन्दर्यसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले रुस्काज् ब्युटी स्टुडियोमा कपाल काट्ने , थ्रेडिङ , सौन्दर्यसम्बन्धी तालिमहरू , हेयर केमिकल , फेसियल तथा छालाको उपचार , नेल/मेनिक्योर/पेडीक्योर/व्याक्सिङ, मेक-अप प्याकेजका साथै कस्मेटिक तथा स्किन केयर उत्पादनहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

एक समारोहका बीच रुस्काज् ब्युटी स्टुडियोका तर्फबाट मुख्य कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख  प्रचिती श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त कार्यक्रममा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा माथि उल्लेखित सौन्दर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०% सम्म र कर्मचारीहरुलाई ५∞देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्रसमेत पेश गर्नुपर्ने छ ।