साताको अन्तिम दिन पनि सम्हालिन सकेन सेयर बजार, नेप्से ११.९० अंकले घट्दा कारोबार सवा ४ अर्बमा सीमित
काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजारमा फेरि दाेहाेराे अंककाे गिरावट आएकाे छ।
नेप्से परिसूचक यस साता लगातार ४ घटेकाे छ भने हिजाे १ दिन स्थिर रहेको थियाे । आज सेयर बजार परिसूचक नेप्से ११.९० अंकले घटेर २५ सय ८७ दशमलव २५ बिन्दुमा झरेकाे छ।
म्युच्युअल फण्ड र व्यापार बाहेक यसदिन सबै उपसूचकधहरू घटेका छन् ।
आज २०७ वटा कम्पनीको शेयर घटेकाे छ भने ६१ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । यसदिन एनएमबी डिबेञ्चर १०.७५ % काे सेयर मूल्य १४.२९ प्रतिशत बढेकाे छ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजाे ३५३ कम्पनीको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियाे।















