युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिद्वारा आयोजित “युनाइटेड डिलर्स समिट २०८३” सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म थाइल्याण्डको पटायास्थित द हलिडे रिसोर्ट, पटाया मा सम्पन्न भएको हो।
कार्यक्रममा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भिडोल लुब्रिकेन्ट एन्ड नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्ड का डिलर्स हरूले डिलर्स समिट २०८३ मार्फत कम्पनी र डिलरहरूबीच आपसी अनुभव, व्यवसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा भिडोल लुब्रिकेन्ट एन्ड नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्ड का उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड सेरेमनी मार्फत सम्मान गरिएको थियो। व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डिलर तथा टप पर्फर्मर हरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब साथै डिजेल एग्जस्ट फ्लुइड (डीइएफ) समेत सार्वजनिक गरिएको थियो। नयाँ उत्पादनहरूको सुरुवातसँगै कम्पनीले ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्ने दिशामा अघि बढेको जनाएको छ।
कार्यक्रममा व्यवसायिक छलफलसँगै विभिन्न एन्टरटेनमेन्ट तथा इन्टरएक्टिभ एक्टिभिटिज समेत आयोजना गरिएको थियो। यस्ता गतिविधिले डिलर र कम्पनीबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुर्याएको थियो।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड का डेपुटी जनरल म्यानेजर दिनेश खनालले युनाइटेड डिलर्स समिट २०८३ सफल, फलदायी र ऊर्जावान रहेको बताए। उनका अनुसार, कार्यक्रमले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास र नयाँ अवसरहरूका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।
युनाइटेड डिलर्स समिट २०८३ ले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सहकार्य, विश्वास र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी यात्राका लागि नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ।















