१८ आश्विन २०८३, आइतबार

नेपालमा आयो नयाँ टीभीएस रेडर १२५ सिंगल सीट, कति पर्छ मूल्य ?



काठमाडौं। टीभीएस माेटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टीभीएस राइडर १२५ सिंगल सीट सार्वजनिक गरेको छ। यस नयाँ मोडलको आगमनसँगै नेपालमा टीभीएस राइडर पोर्टफोलियो थप विस्तार भएको छ।

काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजित विशेष कार्यक्रममा जगदम्बा मोटर्स प्रालिकी अध्यक्ष दीपा अग्रवाल तथा उपाध्यक्ष दीपक रौनियारले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थितिमा नयाँ टीभीएस राइडर १२५ सिंगल सीट सार्वजनिक गरेका हुन् ।

२ लाख ७९ हजार ९०० रूपैयाँ मूल्य तोकिएको नयाँ टीभीएस राइडर १२५ सिंगल सीटले राइडरको परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आरामदायी तथा व्यावहारिक सिंगल सीट कन्फिगरेशनसँग जोडेको छ। विशेषगरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई समान महत्व दिने युवा राइडरलाई लक्षित गर्दै यो मोडल प्रस्तुत गरिएको हो।

थप आराम, थप सहजता

नयाँ सिंगल सीट कन्फिगरेशनले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि थप निरन्तर, फराकिलो र सहज सिटिङ एरिया प्रदान गर्दछ। यसले राइडरलाई आफ्नो बसाइको स्थिति सहज रूपमा मिलाउन सहयोग गर्नुका साथै दैनिक सवारी, लामो दूरीको यात्रा तथा दुई जनासहितको राइडमा थप फ्लेक्सिबिलिटी प्रदान गर्छ।

काम, कलेज, लेजर राइड वा परिवारसँगको आवतजावतमा मोटरसाइकल प्रयोग गर्ने ग्राहकका लागि यो सिंगल-सीट लेआउटले रेडरलाई अझ उपयोगी र बहुपयोगी बनाउँछ, जबकि यसको स्पोर्टी क्यारेक्टर भने यथावत् रहन्छ। यस नयाँ भेरियन्टले रेडरको शार्प र एनर्जीेटिक स्टाइलिंग कायम राख्दै फराकिलो प्रयोगका लागि उपयुक्त सिटिंग कन्फिगरेशन थपेको छ।

टीभीएस रेडरमा १२४.८ सीसी इन्जिन, ५-स्पीड गेयरबक्स, रिभर्स एलसीडी डिजिटल डिस्प्ले, एलईडी लाइटिङ, मोनोशक सस्पेन्सन तथा यूएसबी चार्जिङ जस्ता आधुनिक फिचर समावेश छन्, जसले प्रदर्शनसँगै दैनिक सवारीलाई थप सहज र सुविधाजनक बनाउँछन् ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवालले भनिन् “टीभीएस रेडरले आफ्नो आकर्षक डिजाइन, प्रदर्शन र प्रविधिमार्फत युवा राइडरहरूसँग बलियो सम्बन्ध स्थापित गरेको छ। नयाँ रेडर १.२५ सिंगल सीटमार्फत हामी त्यही अनुभवलाई थप आराम र दैनिक प्रयोगको सुविधासँग विस्तार गर्न चाहन्छौं। रेडरको स्पोर्टी पहिचानलाई कायम राख्दै नेपाली राइडरहरूका लागि अर्को उपयोगी विकल्प प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं।”

टीभीएस रेडर १२५ सीसी सेग्मेन्टमा युवा तथा आधुनिक राइडरलाई लक्षित गर्दै विकसित गरिएको मोटरसाइकल हो। यसको आकर्षक डिजाइन, डिस्टिंक्टिभ हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्टेसन तथा रेस्पोन्सिभ पर्फर्मेन्सले यसलाई दैनिक राइडसँगै स्पोर्टी अनुभव चाहने राइडरका लागि उपयुक्त विकल्प बनाउँछ।

यस अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने “आजका युवा राइडरहरूले मोटरसाइकलबाट केवल यातायातको साधनभन्दा बढी अपेक्षा गर्छन्। उनीहरू आकर्षक डिजाइन, राम्रो प्रदर्शन र दैनिक जीवनमा सहज रूपमा फिट हुने मोटरसाइकल चाहन्छन्। टीभीएस रेडर १२५ सिंगल सीटले यी सबै पक्षलाई एउटै प्याकेजमा समेटेको छ । रु. २ लाख ७९ हजार ९०० को मूल्यमा यो नयाँ मोडलले नेपाली ग्राहकहरूलाई रेडर अनुभव गर्ने अर्को आकर्षक विकल्प प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ।”

भृकुटीमण्डपमा सम्पन्न सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको डिजाइन, फिचर तथा समग्र स्वरूपलाई नजिकबाट अवलोकन गरेका थिए ।

नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको सार्वजनिकसँगै जगदम्बा मोटर्सले नेपाली राइडरहरूलाई स्पोर्टी डिजाइन, प्रभावकारी प्रदर्शन, आराम र दैनिक प्रयोगको सहजता प्रदान गर्ने विकल्पहरू थप विस्तार गर्ने आफ्नो प्रतिवद्धतालाई निरन्तरता दिएको छ।

नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको मूल्य रु. २ लाख ७९ हजार ९०० कायम गरिएको छ। यो मोटरसाइकल नेपालभर रहेका आधिकारिक टीभीएस बिक्री केन्द्रहरूमार्फत उपलब्ध हुनेछ ।