नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ३२ जनाको मृत्यु
काठमाडाैं । नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएकाे छ।नाइजेरियाकाे बेनिन सिटीबाट लागोसतर्फ उडेको एटीआर-४२ सैनिक विमान दक्षिणपश्चिम ओन्डो राज्यमा दुर्घटनाग्रस्त भएकाे हाे ।
उक्त दुर्घटनामा २५ जना यात्रु र ७ जना चालक दलका सदस्य गरी ३२ जनाले ज्यान गुमाएका छन् ।
सोमबार बिहान ०८१३ जीएमटीमा एयर ट्राफिक कन्ट्रोलरहरूसँग सम्पर्क टुट्नुअघि वायुसेनाको एटीआर-४२ विमान बेनिन सिटीबाट लागोसका लागि नियमित उडानमा थियो। हालैका वर्षहरूमा नाइजेरियामा घटेको यो सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक हो।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष पछि तटीय सहर इग्बोकोडा नजिक भेटिएको थियो, जहाँ खोज तथा उद्धार टोलीहरूलाई परिचालन गरिएको थियो।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।















