२० आश्विन २०८३, मंगलबार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित



काठमाडौं । मंगलबार सेयर बजारमा सकारात्मक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.९६ अंकले उकालो लाग्दै २,५७८.७३ विन्दुमा पुगेको हो।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४१.१० अंकले बढेको छ। कारोबारमा आएको लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

आज बजारमा कुल ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन्। यी कारोबारको कुल रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो। सोमबारको तुलनामा आज कारोबार रकम घटेको हो।

कारोबार भएका कम्पनीमध्ये १६९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै, १५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आजको कारोबारमा त्रिशुली जलविद्युतको सेयर मूल्य सबैभन्दा बढी ५.११ प्रतिशतले बढेको छ। साल्पा विकास बैंकको ३.७७ प्रतिशत, हाथ्वे इन्भेष्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशत तथा लिबर्टी इनर्जीको सेयर मूल्य ३.५० प्रतिशतले वृद्धि भएको छ।