२१ आश्विन २०८३, बुधबार

भूमि मन्त्रालयले गर्यो ४४ उपसचिवको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)



काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका ४४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवामा कार्यरत उपसचिव वा सोसरहका कर्मचारीलाई एकैपटक सरुवा गरेको हो।

मन्त्रालयका अनुसार सरुवा सूचीमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल छन्।

त्यस्तै, डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्साल पनि सरुवा भएका छन्।

सरुवा हुने अन्य कर्मचारीमा हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव रहेका छन्।

यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईं, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको समेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।