स्केचर्सको चाडपर्व अफर: भारी छुट र टीभीएसको मोटरसाइकल जित्ने मौका
काठमाडौं। विश्वप्रसिद्ध कम्फर्ट प्रविधियुक्त जुत्ता ब्रान्ड स्केचर्सले नेपालीहरूको प्रमुख चाडपर्वलाई लक्षित गर्दै ‘सप मोर, गेट मोर’ नामक विशेष अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत ग्राहकले आकर्षक छुट, विभिन्न उपहार तथा बम्पर पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
नेपालमा दसैंदेखि छठसम्मको समय पारिवारिक भेटघाट, उपहार आदानप्रदान र नयाँ सुरुवातका लागि विशेष मानिन्छ। यही अवसरलाई लक्षित गर्दै स्केचर्सले ग्राहकलाई आरामदायी, गुणस्तरीय तथा दैनिक प्रयोगका लागि उपयुक्त जुत्ता खरिदमा थप लाभ दिने उद्देश्यले अभियान ल्याएको हो।
कम्पनीका अनुसार ‘‘सप मोर, गेट मोर’ अभियान आगामी १५ नोभेम्बर २०२६ अर्थात् २९ कात्तिक २०८३ सम्म सञ्चालन हुनेछ। दसैंदेखि छठसम्मको प्रमुख चाडपर्व अवधिलाई समेट्ने यस अभियानले परम्परागत छुटभन्दा फरक रूपमा खरिदको मात्रा बढ्दै जाँदा थप लाभ प्राप्त हुने अवधारणा अघि सारेको छ।
अभियानअन्तर्गत छनोट गरिएका स्केचर्सका उत्पादन तथा श्रेणीमा लागू हुने अफरअनुसार ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, ग्राहकले अभियान अवधिभर साप्ताहिक रूपमा आयोजना हुने उपहार कार्यक्रममा सहभागी भई ५० जना भाग्यशाली विजेताले विभिन्न उपहार जित्ने अवसरसमेत पाउनेछन्।
यसका अतिरिक्त अभियानको अन्त्यमा आयोजना हुने बम्पर भाग्यशाली छनोट कार्यक्रममा प्रथम पुरस्कारका रूपमा टिभिएस रोनिन मोटरसाइकल र दोस्रो पुरस्कारका रूपमा टिभिएस एनटर्क स्कुटर प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियान अवधिमा आधिकारिक रूपमा घोषणा गरिने अन्य प्रवर्द्धनात्मक उपहार तथा ग्राहक सहभागितामूलक कार्यक्रमहरू पनि थप हुन सक्नेछन्। ‘धेरै किनमेल, धेरै लाभ’ अभियानमार्फत स्केचर्सले यस चाडपर्वमा ग्राहकलाई थप किनमेलसँगै थप बचत र प्रत्येक खरिदमा थप लाभ प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।















