२३ आश्विन २०८३, शुक्रबार

मञ्जुश्री फाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा, नगद कति ?



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

बिहिबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्ताबित लाभांश नपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात संस्थाकाे आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।