२३ आश्विन २०८३, शुक्रबार

सेयर बजारमा दोहोरो अंकको सुधार: २५९१ को विन्दुमा पुगेर बन्द भयो नेप्से, कारोबार रकम झन्डै ५ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार देदिएको छ। हिजो २.३१ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से आज १७.१५ अंकले बढेर २५ सय ९१ दशमलव ८० बिन्दुमा रोकिएको छ।

आज १३ वटै उपसूचकमा हरियाली छाएको छ। यस दिन वाणिज्य बैंक समुहको उपसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ।

आज १८० वटा कम्पनीको शेयर बढेको छ भने ८९ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

नेप्सेसँगै यसदिन कारोबारमा पनि सुधार देखिएको छ। आज ३५३ वटा कम्पनीको १ करोड २८ लाख ७६ हजार ७९६ हजार कित्ता शेयर ४ अर्ब ८२ करोड ३८ लाख ६८ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजो ३५४ वटा कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ हजार कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।