दक्षिण अफ्रिकी अधिकारकर्मीले पाइन् नोबेल शान्ति पुरस्कार, साढे १८ कराेड रूपैयाँकाे राशी
काठमाडाैं । सन् २०२६ को प्रतिष्ठित नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् तथा मानव अधिकार क्षेत्रकी अग्रणी व्यक्तित्व नवी पिल्लेलाई प्रदान गरिने भएको छ।
अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै नोबेल कमिटीले उनलाई यो सम्मान दिने निर्णय गरेको हो।
रङ्गभेदविरुद्धको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकी पिल्लेले रुवान्डाका लागि गठित अन्तर्राष्ट्रिय आपराधिक न्यायाधीकरण (आईसिटिआर) मा न्यायाधीशको रूपमा समेत सेवा गरिसकेकी छन्।
नोबेल कमिटीले पिल्लेले राज्य तथा राष्ट्रप्रमुखहरूलाई जवाफदेही बनाउन र हिंसा तथा द्वन्द्वबाट पीडितहरूलाई आशा जगाउन अहम् भूमिका खेलेको जनाएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी दोहोर्याउँदै आएका छन्। उनले यसै साता आफूलाई चयन नगरेमा त्यो नोबेल कमिटीकै लागि ठूलो साख गुम्ने विषय हुने टिप्पणी गरेका थिए।
















