२५ आश्विन २०८३, आइतबार

बुढीगण्डकीमा बाढी : त्रिशूली नदीको बेनिघाटसम्म अति उच्च जोखिममा



काठमाडौँ। बुढीगण्डकी नदीमा पानीको सतह खतरा तहभन्दा माथि पुगेको र घटबढ भइरहेकाले आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले सावधानी अपनाउन भनिएको छ।

महाशाखाका अनुसार त्रिशूली नदीको बेनिघाटसम्म अति उच्च जोखिममा रहेकाले स्थानीयलाई सुरक्षित तथा अग्लो स्थानमा जान अनुरोध गरिएको छ। त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन सूचित गरिएको छ।

यसैगरी, चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।