२७ आश्विन २०८३, मंगलबार

आज पनि तोलामा २२ सयले घट्याे सुनकाे भाउ, चाँदी पनि सस्तियो



काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा २१०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज पनि प्रतिताेला २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि ६० रुपैयाँ घटेको छ । हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।