लगातार छैटाैँ दिन बढ्यो सेयर बजार, फाइनान्स समूहमा सर्वाधिक आकर्षण
काठमाडाैं । बिहिबार पनि लगातार छैटाैँ दिन सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। गत बिहिबारबाट बढेकाे सेयर बजार मापक नेप्से आज ४.५६ अंकले बढेर २६ सय २५ दशमलव ८२ बिन्दुमा पुगेकाे छ।
नेप्सेसँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३४९ वटा कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३५४ वटा कम्पनीको १ करोड १६ लाख ७६ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज वाणिज्य बैंक, उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । आज सर्वाधिक फइनान्स १.०३ प्रतिशतले बढेकाे छ।
आज १७१ वटा कम्पनीको शेयर बढेको छ भने ९१ वटाको घटेको छ । यस्तै १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज बेनी हाइड्राेपावरकाे सेयर मूल्य १४.९८ प्रतिशतले बढेकाे छ।



















