पहिलो त्रैमासमा विदेशी ऋणको प्रतिबद्धता ७८ अर्ब रुपैयाँ, गत बर्षभन्दा ४४४ प्रतिशत बढि
काठमाडौं । तीन महिनाको समयमा नेपालले करिव ७८ अर्ब रुपैयाँ विदेशी ऋणको प्रतिबद्धता पाएको छ । यसरी प्रतिशतका हिसावले हेर्ने हो भने नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे ४ सयले बृद्धि भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४४४ प्रतिशतले धेरै बढेको हो । वैदेशिक प्रतिबद्धतामध्ये ७७ अर्ब ७२ करोड ऋण र ७ अर्ब ९८ करोड रुपैयाँ अनुदान रहेको छ । गत आर्थिक बर्षका पहिलो त्रैमासमा जम्मा १५ अर्ब ६७ करोड रुपैयाँको मात्रै प्रतिबद्धता आएको थियो ।
वैदेशिक सहायता प्रतिबद्धतामध्ये सुशासन क्षेत्रको लागि ६३ प्रतिशत, ऊर्जामा ३३ प्रतिशत र शिक्षामा दुई र पुनर्निर्माण तथा कोरोना रोकथाममा एक÷एक प्रतिशत रहेको छ ।



















