माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्धारा सपथ ग्रहण
काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ज्यूहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक संचालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक संचालक समितिको ५६७ औँ बैंठकले उहाँलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।















