एसबिआई बैंकद्धारा परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग « Arthapath.com
२० असार २०८२, शुक्रबार

एसबिआई बैंकद्धारा परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधुतीय उपकरणाहरु प्रदान गरेको छ ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गर्नुभएको थियो ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस्