एनआईसी एशिया बैंकका सञ्चालक संघई महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

एनआईसी एशिया बैंकका सञ्चालक संघई महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित



काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस सुखद अवसरमा समस्त बैंक परिवार संर्घाईलाई हार्दिक बधाई ज्ञापन र सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आउनुभएको उहाँ त्रिवेणी ग्रुपको निर्देशक हुनुहुन्छ । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्