४ महिनामा १ अर्ब ५ करोड भन्दा धेरैको सूर्ती आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ आयात गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ४ महिने वैदेशिक व्यापारको तथयाङ्क अनुसार नेपालले कात्तिक मसान्तसम्म १ अर्ब ५ करोड १ लाख २ हजार रुपैयाँ बराबरको सूर्ती आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
त्यस्तै सोही समय अवधिमा नेपालले ३ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको सूर्ती निर्यात पनि गरेको उल्लेख छ ।
४ महिनाको अवधिमा १ अर्ब ५ करोड रुपैयाँको सूर्ती आयात हुँदा ३ करोड ७३ लाखको निर्यातसँगै सूतीजन्य पदार्थमा मात्र नेपालको १ अर्ब १ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापारघाटा परेको छ ।