आजदेखि अन्तर बैंक एटिएमबाट सेवा लिँदा शुल्क लाग्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजदेखि अन्तर बैंक एटिएमबाट सेवा लिँदा शुल्क लाग्ने



काठमाडा । कोरोना महामारीका बेला बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा बिहीबार साँझ जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जानकारी दिएको छ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्