५ मन्त्रालयको चौमासिक: ऊर्जा क्षेत्रको ७८ % प्रगति हुँदा पानी जहाजको ०.४७% मात्रै

काठमाडौं । विभिन्न ५ मन्त्रालयहरुले चालू आर्थिक वर्षको ४ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत कार्य पुरा भएको मन्त्रालयले जनाएको छ । सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत गरेको छ । ऊर्जा तर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाई तर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति, युवा तथा खेलकुद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत प्रतिशत रहेको छ ।