लोक सेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (विज्ञापनसहित) « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

लोक सेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (विज्ञापनसहित)



काठमाडौं । लोकसेवा आयोगल आयोगले ५ सय १३ जना शाखा अधिकृतलागि दरखास्त आह्वान गरेको छ । गोरखा पत्रमा सूचना प्रकाशित गर्दै आयोगले अप्राविधिक तर्फको शाखा अधिकृतमा दरखास्त आव्हान गरेको हो ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी ५ सय १३ जना अधिकृत मागेको छ । १ सय ५३ जना ज्येष्ठताका आधारमा परिपूर्ति हुनेछन् भने बाँकी ३ सय ६० खुल्ला प्रतिष्पर्धाबाट छनौट हुने छन् ।

त्यस्तै,आयोगले न्याय सेवाको खुलातर्फ, कानुनमा, सरकारी वकिल, र विभिन्न विभागको लागि कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले पुस १४ गते सम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने २१ गतेसम्म दरखास्त दिन सकिन आयोगले जनाएको छ । आयोगले परिक्षाको मिति भने तोकेको छैन् ।

https://psc.gov.np/assets/uploads/files/Gorkhapatra_2077-08-24_open.pdf?fbclid=IwAR2jCHQn89_A-a9dfeyOvCwmfvcesEVFcWlExuNEbrtKkQwlvLOgLJ15VK4


प्रतिक्रिया दिनुहोस्