बीमा समिति अध्यक्षको कार्यकाल सकिँदै, अध्यक्षको दौड सुरु, बढि सम्भावना शिवाकोटीको « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

बीमा समिति अध्यक्षको कार्यकाल सकिँदै, अध्यक्षको दौड सुरु, बढि सम्भावना शिवाकोटीको



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल अबको १ महिनापछि सकिने भएको छ । २०७७ साल पुसमा अध्यक्ष चापागाईको कार्याकाल सकिन लागेको हो । २०७३ साल पुस २३ गते बीमा समितिमा अध्यक्ष बनेका चापागाईको ४ वर्षे कार्यकाल सकिने भएको हो ।

पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए । तर नेकपाका अध्यक्ष प्रचण्ड निकट रहेका चापागाईँको प्रस्ताव अर्थमन्त्रीले गर्ने संभावना न्यून छ । यदि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच सहमती भएमा चापागाईको संभावना बढी देखिन्छ । यद्यपी अर्थमन्त्री विष्णु पौडेल भने चापागाईँप्रति लचक देखिएका छन् ।

अर्काे शक्तिशाली नियामक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर पदमा पुर्व एमाले निकट मानिएका महाप्रसाद अधिकारी गत चैत्रमा नै नियुक्त भईसकेका छन् । त्यसैले अर्काे नियामक निकाय बीमा समितिमा पुर्व माओवादी पक्षको बढि सम्भावना देखिन्छ ।

बीमा समितिको अध्यक्षको लागी गभर्नरमा दावी गरेका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई हेरिएको छ । उनी गत चैत्रमा गभर्नरका लागि प्रस्तावमा परेका थिए तर हुन सकेका थिएनन् । उनी पुर्व एमाले, त्यसमा पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । शिवकोटीको डेपुटी गभर्नरको कार्यकाल सकिदैँछ । शिवाकोटी बीमा समिति जाँदा २ महिनाअघिनै राष्ट्र बैंक छोड्नु पर्छ ।

त्यस्तै, बीमा समितिको अध्यक्ष बन्न चार्टर्ड एकाउन्टेन्ट, कृष्णप्रसाद आचार्य, महेश गुरागाइँ, नेप्सेका पुर्व अध्यक्ष टंक पनेरु, अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल पनि दौडमा रहेको स्रोतले बतायो । ४ वर्षे कार्यकालका लागी बीमा समितिको अध्यक्ष बन्न बीमा क्षेत्रका भन्दा पनि बाहिरका बढि लागिपरेका छन् ।

नियामक निकाय राष्ट्र बैंकको गभर्नर बन्न वित्तिय क्षेत्रको अनुभव खोजिन्छ भने बीमा समितिको अध्यक्ष भने खासै विज्ञता हेरिदैन । ४ वर्ष अघि चापागाई नियुक्ती हुँदा पनि उनको बीज्ञाता बीमा भन्दा राष्ट्र बैंकको अनुभव रहेको थियो । ४ वर्षमा चापागाईले ७ प्रतिशतको बीमाको दायरा बढाएर २७ प्रतिशतमा पुर्याएका छन ।

यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । तर उनी आफु राजनीतिक तहबाट सपोर्ट पाउनसक्ने अवस्थामा त अध्यक्ष बन्न सकेका थिएनन् । यसपटक उनका लागि झन कठिन अवस्था छ ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं पनि नियुक्तिका लागि राजनीतिक पहुँच खोजिरहेको बुझिएको छ । उनी पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । त्यस्तै, कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्सालले अध्यक्ष बन्न इच्छुक रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्