प्रभु लाइफको सेयर भर्ने आज अन्तिम दिन, ३ दिनमा ८ लाख ७३ हजारले किने सेयर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु लाइफको सेयर भर्ने आज अन्तिम दिन, ३ दिनमा ८ लाख ७३ हजारले किने सेयर



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको कम्पनीको आइपिओमा व्यापक आर्कषण देखिएको छ । कम्पनीले ६० करोडको ६० लाख कित्ता सेयर सर्वसाधारण र कम्पनीको कर्मचारीको लागी निस्कासन गरेको थियो ।

प्रभु लाइफ कम्पनीको आइपीओमा ३ दिनमै ८ लाख ७३ हजार जनाले अनलाइन मेरो सेयर र आश्वा बैंकबाट सर्वसाधारणले सेयर आवेदन दिएका छन । प्रभु लाइफको सेयर भने आज अन्तिम दिन हो ।

कम्पनीको २ अर्व पुँजीका लागी ६० हरोडको आइपिओ निस्कासन गरेको थियो । कम्पनीको हाल चुक्तापुँजी १ अर्व ४० करोड रहेको छ । कम्पनीले मंसिर २९ गते देखि सर्वसाधारणका लागि बिक्रि खुला गरिएको आइपीओमा बुधबार बेलुका सम्म ८ लाख ७३ हजार व्यक्तिले २ करोड ३७ लाख कित्ताका लागि आवेदन दिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्