एशियन लाईफ इन्स्योरेन्सको ११ औं साधारणसभा सम्पन्न, २ अर्ब ३२ करोड बीमाशुल्क आर्जन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको ११ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीको शनिबार वीरगंज स्थित होटल पुजन सभा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले आ.व. २०७४।०७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । २०६४ साल चैत्र २१ गते देखि कारोबार संचालन गरेको यस कम्पनीको २०७७ साल असोज मसान्त सम्ममा २३ अर्ब ६ करोडको जीवन बीमा कोष र २४ अर्ब १६ करोड लगानी तथा कर्जामा रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै गरी कम्पनीले चालु आवको मंसिर मसान्तसम्ममा कूल २ अर्ब ३२ करोड बीमाशुल्क आर्जन गरी सकेको छ । कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३९ वटा शाखा तथा १०१ वटा उपशाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
कम्पनीले हाल सम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बाल भविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, नव रत्न (सिमित भुक्तानी सावधिक), पतीपत्नीको लागि दम्पत्ति सुरक्षा प्लस, धन समृद्धि, एशियन वार्षिक धनलाभ तथा एशियन कर्जा सुरक्षा जस्ता योजनाहरु सहित हालसम्म २२ वटा बीमा योजनाहरु
प्रचलनमा ल्याएको छ ।
आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पुयाई सर्वसुलभ बीमा सेवाप्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको कामु सिईओ होमबहादुर श्रेष्ठले बताए ।