छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ हुने

काठमाडैं । आबु खैरेनी समाज काठमाडौंको आयोजनामा भृकुटिमण्डमा ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६’ हुने भएको छ ।
फागुन २५ देखि २७ गतेसम्म संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
तनहुँ जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये आँबुखैरेनी गाउपालिका अन्तर्गतको छिम्केश्वरी क्षेत्र एक हो । छिम्केश्वरी क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय समुदायलाई प्रोत्सहान गर्नु उक्त महोत्वको उद्देश्य रहेको छ ।
महोत्सवले गण्डकी प्रदेशको भ्रमण वर्ष सन् २०१९–२०२२ र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।