नेपाल लाइफले बीमितको लागि बोनस दर घोषणा गर्यो, कुन योजनामा कति बोनस ? « Arthapath.com
१० पुष २०७७, शुक्रबार

नेपाल लाइफले बीमितको लागि बोनस दर घोषणा गर्यो, कुन योजनामा कति बोनस ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले उक्त आवमा बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको हो ।

इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनश दर घोषणा गरेको हो ।

यस्तो कम्पनीको सूचना


प्रतिक्रिया दिनुहोस्