कुमारी बैंकले सात्विक आयुर्वेदसंग गर्यो यस्तो सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता–पत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ.डि. पि., प्याथोलोजी, पँचकर्म र औषधीमा ५% सम्म, थेरापी, लगायत आइ. डि. पि. (बेड चार्जेज)मा ग्राहकहरुले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले देशभर १९५ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।












