बुधबार नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमूल्य समायोजन,कस्को कति ?

काठमाडौं । बुधबार नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमुल्य समायोजन भएको छ ।
शेयर मुल्य समायोजन हुनेमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, छिमेक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, स्पर्श लघुवित्त, वोमी लघुवित्त, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, ङादी ग्रुप पावर गरी ११ कम्पनीहरु रहेका छन ।
शेयर मुल्य समायोजन भएको नबिल बैंकको को ३३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ हजार ३८ रूपैयाँ समायोजित शेयर मूल्य निर्धारण भएको छ । मंगलबार कारोबार भएको अन्तिम शेयर मुल्य १ हजार ३ सय ८६ रुपैयाँको आधारमा बैंकको शेयर मूल्य समायोजन भएको बैंकले जनाएको छ ।
त्यसैगरी ग्लोबल आइएमई बैंकको १४ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३०७ रूपैयाँ कायम भएको छ । मंगलबारको बैंकको शेयर ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३८५ रूपैयाँ कायम भएको बैंकले जनाएको छ । मंगलबार बैंकको अन्तिम शेयर मुल्य ४ सय ८ रुपैयाँमा कारोकार भएको थियो ।त्यसैगरी कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ४२४ रूपैयाँ कायम भएको छ । बंैकको मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य ४८८ रुपैयाँका आधारमा मूल्य समायोजन भएको छ ।
वोमी लघुवित्तको ३० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ७०३ रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण भएको छ । लघुवित्तको ९१४ रुपैयाँमा अन्तिम कारोबार भएकोमा सोही अनुसार बोनस समायोजन भएको गरिएको बैंकले जनाएको छ ।
छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ३५ रूपैयाँ कायम भएको छ । नेप्सेले लघुवित्तको मंगलबार भएकोको अन्तिम कारोबार मूल्य एक हजार ३८५ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य समायोजन गरेको हो ।त्यस्तैै स्पर्स लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ८१३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।
हिजो लघुवित्तको शेयर ९७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको बैंकले जनाएको छ । त्यसैगरी ग्लोबल आइएमई लघुवित्तको २७।४७ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३५९ रूपैयाँ निर्धारण भएको छ । हिजो १ हजार ७३२ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा नेप्सेले बैंकको बोनस समायोजन गरेको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.३७ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ शेयरमूल्य समायोजन गरेको हो । नेप्सेमा मंगलबार भएको अन्तिम कारोबार मूल्य २०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको बैंकले जनाएको छ । ङादी ग्रुप पावर को १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१८ रूपैयाँ कायम गरेको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य २४० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३२१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।