आज पनि बढ्यो नेप्से, साढे चार अर्बको कारोबार

काठमाडौं । सेयर बजार बढ्ने क्रम जारी रहेको छ । देशमा देखिएको राजनितीक घट्नाक्रमले सेयरबजारमा हरियो पारेको छ । राजनितीमा अन्यौलता छाउँदा पनि बजार भने बढ्दो क्रममा रहेको देखिएको छ ।
साताको कारोवारको अन्तिम दिन सेयर बजार छलाङ मारेर बन्द भयो । विहिबार कारोबार सुरुमा केही घटेको सेयर बजार अन्त्यमा पुग्दा अस्वभाविक रुपमा बढेर बन्द भएको छ । बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने संकेतले बढेको बजार राजनितीक अनिश्चितता विच पनि बढिरहेको छ ।
बिहिबार एकैदिन ३६ अंकले बढेर बजार बन्द भएको हो । सुरुमा घटेको सेयर बजार अन्त्यमा १६ सय अंकभन्दा माथी पुगेर बन्द भयो । साताको सुरुवातदेखीनै हरियो यात्रामा लागेको बजार बन्द हुँदा २ सय अंकले बढ्यो । अहिलेसम्मकै ४ अर्व ४६ करोडको कारोवार भएको बजारले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार अहिलेसम्मकै उच्च अंकको कारोवार भएको हो ।
बिहिबार कुल १ सय १० कम्पनीको सेयर कारोवार भएकोमा मुख्यतय १० ओटा कम्पनीकै कब्जामा देखियो । जसमध्ये नेपाल लाइफको आज २८ करोड ९२ लाख कारोवार भयो । त्यस्तै बैंक तर्फ एनआइसी एसियाको २० करोड ५९ लाख रुपैयाँको कारोवार भयो ।