सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले नवनियुक्त श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
यस अघि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा २२ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतमा कार्यअनुभव पनि उनीसँग रहेको छ ।
आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ ।