लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ भुतानी गर्न बाँकी रहेको थियो ।े एक करोड ३६ लाख रुपैयाँ मिलले उखु किसानको खातामा जम्मा गरेको थियो ।
किसानलाई ठगी गरेको अभियोगमा सरकारको आदेश अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म फरार रहेका छन ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।
















