चन्द्रागिरी हिल्सले सर्वसाधरणको लागी आईपीयो निष्काशन गर्दै, पुस २४ गतेदेखि भर्न पाइने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधरणको लागी आईपीयो निष्काशन गदै छ । यही पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न लागेको कम्पनिले जनाएको छ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड गरेको थियो ।
सर्वसाधरणको लागी कम्पनीले अब १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्ने छ । जसको ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने कमपनीले जानकारी दिएको छ ।
आईपियोमा १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिन्छ । आईपियोको आवेदन दिन पुस २४ गतेदेखि २८ गतेसम्म सकिन्छ । २८ गतेसम्म बिक्री नभएमा ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनिले जानकारी दिएको छ ।
आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।













