प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आजैबाट कारोबारमा आउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आजैबाट कारोबारमा आउने



काठमाडौं । प्रभु लाइफको सेयरनेप्सेमा सुचिकुत भएको छ । कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको २ करोड कित्ता सेयर सूचीकृत भएको हो। नेप्से र प्रभु लाइफबीच यस विषयमा सूचीकरण सम्झौता सम्पन्न भएको छ ।

नेप्सेमा सूचीकरण भएसँगै अब यो कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। ओपनिङ रेन्ज प्रतिकित्ता रु १०९.५६ देखि रु ३२८.६८ नेप्सेले तोकेको छ । दोस्रो बजारमा पहिलोपटक कारोबार खुल्दा नेप्सेले तोक्ने ओपनिङ रेन्जभित्र स्पेसल प्रिओपन सेसनमा कारोबारमा भए यो कम्पनी धितोपत्र किनबेच नियमित समयमा सुचारु हुनेछ ।

प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

prbhu.PNG


प्रतिक्रिया दिनुहोस्