सबैभन्दा बढी लाभांश दिने १० कम्पनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सबैभन्दा बढी लाभांश दिने १० कम्पनी



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूले अहिलेसम्म ९४ वटा भन्दा बढि संस्थाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गरेका कम्पनीमध्ये मुख्य १० कम्पनीमा एउटा बाणिज्य बैंक, एउटा बीमा कम्पनी, ५ वटा माइक्रोफाइनान्स, दुई वटा उत्पादन तथा प्रशोधन समूहका र एउटा जलविद्युत् कम्पनी रहेका छन् ।

दुईवटा कम्पनीले १०० प्रतिशत लाभांश दिने भएका छन् । युनिलिभर नेपाल र हिमालयन डिस्टिलरीले १०० प्रतिशत लाभांश दिने भएका हुन् । युनिलिभरले १०० प्रतिशत नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्टिलरीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगदसहित १०० प्रतिशत लाभांश दिने भएको छ ।

अहिलेसम्म लाभांश घोषणा भएका कम्पनीमा तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लाभांश घोषणा गरेका कम्पनीमा चौथो नम्बरमा नविल बैंक रहेको छ । नविलले ३३.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

धेरै लाभांश दिने टप टेन कम्पनीको सूचीमा ५ वटा माइक्रोफाइनान्स रहेका छन् । वोमी माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस सेयर दिएको छ । त्यसैगरी, छिमेक लघुवित्त विकास बैंकले ७ प्रतिशत नगद र २२ प्रतिशत बोनससहित २९ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले २७.४७ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित १.४५ प्रतिशत नगद लाभांश सहित २८.९२ प्रतिशत, समता माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांश दिने भएका छन् ।

समताको २० प्रतिशत बोनस र त्यसमा लाग्नेकरसहित ६.३२ प्रतिशत नगद र साना किसान विकास बैंकले दिन लागेको २६.३१ प्रतिशत लाभांशमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद रहेको छ । त्यसैगरी, बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने भएको छ ।

हालसम्म नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्म साधारणसभा घोषणा गरेको छैन । लाभांश घोषणा गरेका कम्पनीमा युनिलिभर नेपालले यसअघि नै साधारणसभा गरिसकेको छ । बाँकी रहेका कम्पनीमा अधिकांशको साधारणसभा पुस २९ मा हुने घोषण गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्