आजदेखी बीमा समितिको अध्यक्ष खाली, आधादर्जनको दौडधुप, कसले मार्ला बाजी ? « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

आजदेखी बीमा समितिको अध्यक्ष खाली, आधादर्जनको दौडधुप, कसले मार्ला बाजी ?



काठमाडौं । बीमा बजारको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष पद खाली भएको छ । आज शुक्रबारदेखी बीमा समितिको अध्यक्ष पद रिक्त भएको छ । ४ वर्ष अघि नेपाल राष्ट्र बैंकको निर्देशक रहेका चिरञ्जीवि चापागाईँलाई सरकारले बीमा समितिको अध्यक्ष बनाएको थियो ।

सरकारले बीमा समितिको अध्यक्षमा चापागाईलाई ४ वर्षअघि पुष १४ गते नियुक्त गरेको थियो । तर अध्यक्ष चापागार्यँले पुष २३ गते समितिमा हाजिर भएर कार्यभार सम्हालेका थिए । बीमा समितिको अध्यक्ष चापागाईँ १ साता घर विदामा बसेका थिए ।

आजै सम्पुर्ण बीमा कम्पनीहरुको आयोजनामा अध्यक्षको भव्य विदाई हुन लागेको हो । शुक्रबार १ बजे अध्यक्षको भव्य विदाई आयोजना गरिएको र साँझ ककटेल डिनरको समेत आयोजना गरिएको बीमा समिति स्रोतले जनाएको छ ।

आगामी मन्त्रीपरिषद बैठकले नयाँ अध्यक्ष चयन गर्नेछ । समितिमा अध्यक्ष नहुँदा बीमा कम्पनीका अध्यक्षको हरुको सपथग्रहणलगायत दैनिक काम प्रभावित भैसकेको छ ।

बीमा समितिको अध्यक्ष बन्न बीमा र बैंकिङ क्षेत्रका हस्ती देखी जुनियुरसम्म मरिमेटेर लागेका छन । पछिल्लो समय निक्कै चार्मिङ रहेको बीमा समितिको अध्यक्ष बन्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरदेखी नेप्सेका सीईओसम्म लागिपरेका छन ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी भावी अध्यक्षको प्रवल दावेदार हुन । गभर्नरमा सिफारिस भएर तत्कालिन अर्थमन्त्री डा. युव्राज खतिवडाका कारण गभर्नर बन्न नपाएको शिवाकोटीको डेपुटी गभर्नरको कार्यकाल अझै झण्डै २ महिना बाँकी छ । तर सरकारले जिम्मा दिएका अध्यक्ष बन्न आफु तयार रहेको शिवाकोटीले बताएका छन ।

उता नेप्सेका सीईओ रहेका चन्द्रसिंह साउद पनि आफु बीमा क्षेत्रकै मान्छे भएको भन्दै अध्यक्ष बन्न लागिपरेका छन । उनि यसअघि नेपाल इन्स्योरेन्सको कामु सिईओ भैसकेका व्षक्ति हुन । त्यसैगरी बीमा समितिकै कार्यकारी निर्देशक भएर रिटायर्ड भएका श्रीमान कार्की पनि भावी अध्यक्षको लाइनमा छन ।

समितिको अध्यक्ष बन्न पाल्पाको नता सोझ्याउँदै कल्याणबन्धु अर्याल पनि लागिपरेका छन । उनि राष्ट्र बैंकको निर्देशकबाट रिटार्यड भएका व्यक्ति हुन हाल अजोड इन्स्योरेन्सको संचालक रहेका छन । त्यस्तै राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बीमा समितिको अध्यक्ष बन्ने दौडमा रहेका छन । निरौलालाई सरकारले कृषि विकास बैंकको अध्यक्ष बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्